Logo

समाचार

कवि खतिवडाले जम्मा गरिन् पुरस्कारबाट पाएको रकम ‘डिल्ली–अम्बिका कल्याणकारी कोष’मा



काठमाडौँ । साहित्यपोष्ट उत्तम कृति पुरस्कार विजेता ‘घामभन्दा पहिले’ नियात्राकृतिकी सर्जक कवि एवम् नियात्राकार भवानी खतिवडाले उत्तम कृति पुरस्कार वितरण समारोहमा अक्षरसाधना गरेबापत प्राप्त आर्थिक राशिलाई सामाजिक काममा खर्चिने कुरा मन्तव्यका क्रममा व्यक्त गरेकी थिइन् ।

उक्त पुरस्कार प्राप्त गरेको एक साता नबित्दै खतिवडाले पुरस्कार बापतको पचास हजार रुपियाँमा रु ७५०००।–(पचहत्तर हजार) थप गरी आपूmले शिशुकक्षादेखि सात कक्षासम्म अध्ययन गरेको (भलायडाँडा निम्न मा.वि. हाल श्री नमूना माध्यामिक विद्यालय उदयपुरगढी )विद्यालयमा एक लाख पच्चीस हजार राशिको “डिल्ली–अम्बिका कल्याणकारी कोष” स्थापना गरेकी छिन् ।

पुरस्कार प्राप्त गरेको कृति ‘घामभन्दा पहिले’


साहित्यकार खतिवडाका पिता डिल्लीप्रसाद खतिवडा तथा आमा अम्बिकादेवी खतिवडाको संयुक्त नाममा स्थापना गरिएको उक्त कोषको मूलधन (एक लाख पच्चीस हजार) लाई यथावत् राखी त्यसबाट प्राप्त व्याज रकमले श्री नमूना माध्यामिक विद्यालय, उदयपुरगढीबाट प्रत्येक शैक्षिक सत्रको एसइइ परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने एक जना विद्यार्थीलाई रु. दश हजार नगदसहित ‘डिल्ली अम्बिका मेधावी प्रतिभा पुरस्कार’ अङ्कित प्रमाणपत्र दिइने कुरा पुरस्कार सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धी समझदारी पत्रमा उल्लेख गरिएको छ ।

साहित्यकार खतिवडाकी आमा अम्बिकादेवी खतिवडाले रकम हस्तान्तरण गर्दै

साहित्यकार खतिवडाकी आमा अम्बिकादेवी खतिवडाले उदयपुरगढी गाउँपालिकाका उपाध्यक्ष श्री जीतबहादुर खड्का, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोधकुमार घिमिरे, विद्यालयका शिक्षक शिक्षिका एवम् विद्यार्थीहरूको उपस्थितिमा आयोजित कार्यक्रममा प्रधानाध्यापक श्री देवी राईलाई उक्त कोष रकम हस्तान्तरण गरेकी हुन् ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा विद्यालयका प्रधानाध्यापक श्री देवी राईले विद्यालय स्थापनाको इतिहासकै पहिलो पुरस्कार स्थापना गर्ने पूर्व विद्यार्थी खतिवडालाई बधाई तथा आभार प्रकट गरे ।

“मेधावी युवाः समाज रुपान्तरणका मूल आधार” भन्ने मूल मर्मलाई आत्मसात गर्दै आफूले अध्ययन गरेको विद्यालयमा अध्ययनरत अनुज पुस्तालाई उत्प्रेरित गर्ने उद्देश्यले आपूmलाई शिक्षाको उज्यालो देखाउने आस्थाको मन्दिरलाई सानो गुरुदक्षिणा अर्पिएको कुरा साहित्यकार खतिवडाले बताएकी छिन् ।

प्रकाशित मिति : भाद्र १५, २०७९ बुधबार  १ : ५२ बजे

1.74k
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।