नेपाल एलपी ग्यास उद्योग संघले ग्यासको खाली सिलिण्डको मूल्य तोकेको छ । गत असोज २ गते पहिलो चरणमा बागमती प्रदेशमा सञ्चालित उद्योगहरुको मात्र ग्यासको सिलिण्डरको मूल्य तोकेको संघले दोस्रो चरणमा दुर्गम जिल्लाबाहेक देशैभरी एकै मूल्य तोकेको हो ।
संघले आगामी असोज २८ गतेदेखि लागु हुने गरी देशैभरीका उद्योगहरुको सिलिण्डरको खाली मूल्य प्रतिसिलिण्डर दुई हजार एक सय रुपैयाँ तोकेको हो ।
त्यस्तै खाली सिलिण्डरको मूल्य निर्धारण गरेको संघले मूल्य निर्धारणसँगै खरिद बिक्रीमा अनिवार्य धरौटी रसिद हुनुपर्ने बताएको छ । बिक्रेताहरु मार्फत ग्यास लिदा उपभोक्ताहरुले अनिवार्य धरौटी रसिद लिनु पर्ने र सो गर्नु पर्ने जनाएको छ ।
अन्यथा रसिद नभएको सिलिण्डरको जवाफदेही तथा जिम्मेवारी उद्योगले नलिने समेत संघले प्रष्ट पारेको छ ।




















प्रतिक्रिया