काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राज्यले स्वास्थ्य र शिक्षामा लगानी नबढाएसम्म देश समृद्धिको बाटोमा नजाने बताएका छन् । उनले समृद्धिको कुरा गर्ने तर यी विषयमा न्यून बजेट छुट्टयाउने गर्दा देश उँभो नलाग्ने बताए ।
शिक्षा र स्वास्थ्य मन्त्रालय कांग्रेसले नलिएर गल्ती गरिरहेको पनि काेइरालाले गुनासो गरेका छन् ।
प्रजातन्त्रवादी चिकित्सक संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले चिकित्सकलगायत पेशाकर्मीहरूलाई विशेष ब्यवस्था गरेर कांग्रेस पार्टीमा भूमिका दिनुपर्ने बताए । ‘पेशाकर्मीहरू तलैबाट हाम्रा कार्यकर्तासँग प्रतिष्पर्धा गरेर आउन सक्दैनन् । पार्टीमा उहाँहरूको अनुभव र भूमिकाको ठूलो महत्व छ’, कोइरालाले भने ।





















प्रतिक्रिया