प्रतिनिधि सभाका सदस्य वर्षमान पुनको विषयगत समितिमा जिम्मेवारी हेरफेर भएको छ । यसअघि संसद्को अर्थ समितिमा रहेका पुनको जिम्मेवारी हेरफेर गर्दै कानून, न्याय तथा मानव अधिकार समितिमा पठाइएको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा नियमावली २०७५ को नियम १७२ बमोजिम हेरफेरका लागि मङ्गलवारको बैठकमा सहमतिका लागि सभामा प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई सभाको बहुमतले पारित गरेको छ ।
यस अघि आइतबार बसेको प्रतिनिधि सभा बैठकले १० जना सदस्यको पनि समिति हेरफेर गरेको थियो ।
नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले सरकारले प्रस्तुत गरेको केही नेपाल ऐन संशोधन विधेयक समयमै आएको भए राम्रो हुने धारणा राखेका छन् । उनले संसदको कार्यकाल बारेको विधेयक अहिले आउनुपर्ने विषय नै नभएको बताए ।
‘यो आउनुपर्ने विषय नै होइन, तर सरकारले फिर्ता गर्नेभएछ राम्रो भयो । आगामी दिनमा यस्तो कुरा नदोहोरियोस्’, पुनको भनाइ छ । जुनसुकै पार्टी सरकारमा भएपनि यसरी हतारमा काम गर्ने कुरा ठिक नभएको उनले बताए ।
















प्रतिक्रिया