Logo

प्रमुख समाचार

उम्मेदवारको मनोनयनसँगै सांसदको पद जान्छ : गगन थापा



नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले उम्मेदवारको मनोनयनसँगै सांसदको पद जाने बताएका छन् ।

संसदको कार्यकाल गणना गर्दा अन्तिम मत परिणाम सार्वजनिक गरेका दिनदेखि नयाँ संसद सुरू हुने र उम्मेदवार मनोनयनसँगै म्याद जाने गरी संशोधन गरिनुपर्ने उनले बताए ।

उनले संसदको प्रतिष्ठाका लागि सत्ता वा प्रतिपक्ष सबै एक ठाउँमा उभिनुपर्ने बताए ।

‘मनोनयन गरेसँगै सांसदको पद जान्छ। चुनावपछि अन्तिम मतपरिणाम सार्वजनिक गरेका दिनदेखि नयाँ संसद सुरू हुने गरी अघि बढौं,’ थापाले भने ।

मंसिर ४ मा हुने चुनावका लागि निर्वाचन आयोगले असोज २३ मा प्रत्यक्षतर्फ उम्मेदवारको उम्मेदवारी दर्ता गर्ने आन्तरिक कार्यतालिका बनाएको छ ।

थापाले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालबारे सरकारले ल्याएको विधेयकबारे स्पष्ट जानकारी राख्न नसक्दा संसदप्रति सही धारणा नबनेको बताएका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार ०८:३९   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।