Logo

राजनीति

जनार्दनलाई प्रचण्डको जवाफ : तपाईँलाई रक्षा गर्न र हुर्काउन पनि मेरो मुख्य भूमिका छ



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले पार्टीमा राम्रो उत्तराधिकारी तयार होऊन् भन्ने चाहेको बताएका छन् । बुधबार अनेरास्ववियू क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा प्रचण्डले पार्टीका नेताहरुको रक्षा गर्ने र हुर्काउन आफूले मुख्य भूमिका खलेको समेत बताए ।

सोही कार्यक्रममा माओवादी केन्द्रका नेता जनार्दन शर्माले आफू अध्यक्ष प्रचण्डको आलोचक हुँद भन्दै उपमहासचिव पद अस्वीकार गरेका थिए । त्यही प्रशंगमा प्रचण्ड भने, ‘जनार्दनले जाँदा जाँदै भन्नुभयो नीति र नेतृत्वको रक्षाको कुरा, जर्नादनलाई रक्षा गर्न र हुर्काउन पनि प्रचण्डको मुख्य भूमिका हो ।’

अबको आफ्नो सपना पार्टीमा राम्रो उत्तराधिकारी तयार बनुन भन्ने रहेको समेत बताए । ‘अब मेरो सपना राम्रो उत्तराधिकारी तयार होऊन्, तिनले पार्टीलाई एकताबद्ध गरेर लैजाऊन्, तिनले तामाम क्रान्तिकारीलाई सही स्कुलिङ गरून् । र, हाम्रो विरासत, हाम्रो क्रान्तिकारी परम्परालाई अगाडि बढाऊन्, ठूलो छाती लिएर सबै अगाडि बढून भन्ने छ,’ प्रचण्डले भने ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार १५:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।