Logo

मधेश प्रदेश

मटिहानीमा साईकल वितरण



महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ९ नौ मा रहेको लक्ष्मीनारायण माध्यमिक विद्यालय सिमरदहीमा आज साईकल वितरण गरिएको छ । 

बेटी पढाउँ बेटी बचाउँ कार्यक्रम अन्तर्गत प्रदेश नं. २ सरकार द्वारा कक्षामा अध्ययनरत छात्राहरुलाई साईकल प्रदान गर्ने कार्यक्रम अन्तर्गत सो मा.वि.मा अध्ययनरत ४३ तिरचालिस जना छात्राहरुलाई साईकल वितरण गरिएको कुरा विद्यालयका प्र.अ. राज किशोर चौधरीले बताए ।

यसै वीच मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मण्डलले आज विद्यालयमा आयोजित एक समारोह वीच छात्राहरुलाई साईकल वितरण गरे ।सो अवसरमा उनले साईकल वितरणले छात्राहरुमा शिक्षा प्रति उत्साह जागिने कुरा बताए ।

 कार्यक्रममा मटिहानी नगरपालिका वडा नं.९ का वडा अध्यक्ष आविद हुसैँन मटिहानी नगरपालिकाका शिक्षा संयोजक चन्देश्वर साह विद्यालयका प्र.अ. राज किशोर चौधरी सहित अभिभावक राजनैतिककर्मी र विद्यालयका शिक्षकहरु सहभागी रहेका थिए ।

Saikal_News.jpg

 

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार १९:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।