Logo

राजनीति

९० दिनभित्र भवन र ३५ दिनभित्र पर्खालका नक्सा पास गर्न काठमाडौं महानगरको अल्टिमेटम

समयसीमाभित्र नक्सा पास नगरिए हटाउने र लागेको खर्चसमेत घरधनीबाटै असुल्ने चेतावनी



काठमाडौं । काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी बनेका घर तथा भवनको नक्सा ९० दिनभित्र पास गरिसक्न अल्टिमेटम दिएको छ । एक सार्वजनिक सूचना जारी गर्दै महानगरले महानगर क्षेत्रभित्र निर्माण भएका अनधिकृत संरचनाको नक्सा ९० दिनभित्र पास गर्न भनेको हो ।

महानगरको सूचनामा सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भएपनि भवनको पनि नक्सा पास गर्न भनिएको छ । महानगरको शहरी व्यवस्थापन विभागले नक्सा पास नगरी बनेका संरचना तोकिएको समयभित्र नक्सा पास नगरेमा कारबाही प्रक्रिया अघि बढाउने स्पष्ट पारेको छ ।

अर्को सूचना जारी गर्दै महानगरले भवनको मात्रै नभएर सीमा पर्खालको नक्सा पनि पास गर्नुपर्ने बताएको छ । यस्ता पर्खालको नक्सा ३५ दिनभित्र पास गर्न भनिएको छ । मापदण्डविपरीतका सीमा पर्खाल नक्सा पास नगरिए महानगरले भत्काउने सूचनामा उल्लेख छ ।

यसरी हटाउँदा लागेको खर्चसमेत घरधनीबाटै असुल्ने महानगरको चेतावनी छ । यसअघि काठमाडौंका विभिन्न ठाउँमा बनेका यस्तै अनधिकृत संरचनामा महानगरले डोजर चलाएको थियो ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार ११:३५   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।