Logo

समाचार

बृहत् रक्तदान कार्यक्रम गर्दै जीकेसी र इनर ह्वील क्लब



काठमाडौं । ग्लोबल कायस्थ सम्मेलन (GKC) नेपालले इनर ह्वील क्लब अफ बालाजुसँगको समन्वयमा बृहत् ‘रक्तदान’ कार्यक्रम गर्दै छ । काठमाडौंको कीर्तिपुर–२, इशानेश्वर महादेव मन्दिर परिसरमा यही भदौ २६ गते आइतबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रक्तदान कार्यक्रम हुने जीकेसी नेपालका अध्यक्ष डा. पुनम कर्णले जानकारी दिइन् ।

रगतको अभावमा परेका अरुको ज्यान बचाउने गरी यस कार्यक्रममा सहभागी हुन र कार्यक्रमलाई सफल बनाउन उनले सबैमा अनुरोध गरेकी छिन् । रक्तदानबाट लाखौंको जीवन बचाउन सकिने भन्दै यस रक्तदान कार्यक्रमको हिस्सा बन्न र यसलाई सफल बनाउन डा. कर्णको निमन्त्रणा छ ।

स्वामी विवेकानन्दले सिकागोमा विश्व धर्म सम्मेलन (१८९३) मा विजय दिवसको रुपमा सबैभन्दा लोकप्रिय भाषण दिएका थिए । सोही दिनको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गर्न लागिएकाे हो । देशविदेशमा बस्ने कायस्थ समाजमा स्वामी विवेकानन्द एक आदरणीय अग्रजको रुपमा रहँदै आएका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार ११:५१   :  बजे

243
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।