काठमाडौं । चितवनका युवा व्यवसायी चन्द्रविलाश अधिकारीले मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र रुपमा उम्मेदवारी दिने भएका छन् । उनले चितवन क्षेत्र नम्वर ३ मा स्वतन्त्र उम्मेदवारीको तयारी गरेका छन् । सो क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनका तर्फबाट चुनाव लड्दै छन् । यस्तै राप्रपाका नेता विक्रम पाण्डे पनि सोही क्षेत्रबाट उम्मेदवार बन्ने तयारीमा छन् ।
देशमा कुशासन बढ्दै गएको भन्दै सुशासन स्थापनाका लागि आफूले उम्मेदवारी दिन लागेको अधिकारीले बताएका छन् । ‘देशमा जताततै विकृति छ, भ्रष्टाचार र महंगी छ, यसको भण्डाफोर हामी युवाले गर्नु जरुरी छ’, उनले भने । अधिकारीले स्वास्थ्य शिक्षालाई हरेक नागरिकको पहुँचमा पु¥याउन र निःशुल्क बनाउने आफ्नो मुख्य एजेण्डा रहेको बताएका छन् । उनले राजनीतिक दलको आडमा गुण्डागर्दी र लुटतन्त्र मौलाएको भन्दै त्यसको विरुद्ध आफ्नो उम्मेदवारी रहेको पनि बताए ।

अधिकारीले आफूले निर्वाचनको समयमा जनतामा व्यक्त गर्ने प्रतिबद्धता सहितको घोषणापत्र सार्वजनिक गर्ने तयारी समेत गरिरहेको जानकारी दिए । उनले चितवनमा–३ मा म पनि आउँदैछु अभियान संचालन गरिरहेका छन् । लम्जुङ दोर्दी गाउँपालिका वडा नम्वर १ सिरुवारीमा जन्मिएका अधिकारी हाल भरतपुरमा बस्दै आएका छन् । बालकुमारी कलेजबाट स्नातक अध्ययन गरेका उनले भरतपुरमा विभिन्न व्यवसाय संचालन गर्दै आइरहेका छन् ।




















प्रतिक्रिया