Logo

प्रमुख समाचार

लमजुङ अस्पतालमा जेष्ठ नागरिक र अपाङ्गता भएकाको निःशुल्क उपचार



लमजुङ । जिल्ला अस्पताल लमजुङको नवनियुक्त व्यवस्थापन समितिका अध्यक्ष हरिजङ तामाङ साथै सदस्यहरू मोहन बहादुर थापा र वसन्त बहादुर(वासुदेव) थापाले पदभार ग्रहण गरेका छन् । 

समितिको पहिलो बैठकले सेवा सुविधा बढाउनुका साथै कतिपय उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । अप्रेसन थिएटर सेवा सम्बन्धमा माइनर ड्रेसिङ सेवा, जेष्ठ नागरिक, अपाङ्गता भएकाहरूलाई निःशुल्क उपचार गरिने निर्णय गरेको छ । साथै जेष्ठ नागरिक र अपाङ्गता भएकाहरूका लागि छुट्टै टिकट कक्ष स्थापना गर्ने निर्णयसमेत भएको छ । 

आम सेवाग्राहीले हालसम्म टिकटमा तिर्दै आएको २५ रुपैयाँबाट घटाएर २० रुपैयाँ कायम गरिएको छ । इमर्जेन्सी टिकट एक सय रुपैयाँ लिँदै आएकोमा त्यसलाई घटाएर ५० रुपैयाँ कायम गरिएको छ । 

माइनर ड्रेसिङमा एक सय रुपैयाँ लिइएकोमा त्यसलाई पूर्ण निःशुल्क गरिएको छ । मध्यम खालको ड्रेसिङ गर्दा १ सय ५० रुपैयाँबाट घटाएर सय रुपैयाँ कायम गरिएको छ । साथै जटिल (मेजर) ड्रेसिङ गर्दा लाग्ने २ सय रुपैयाँबाट घटाएर एक सय ५० कायम गरिएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार १९:०४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।