नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले धेरै कमिसन खोज्ने नेता नै सरकारमा पुग्ने गरेकाले मुलुकको विकास रोकिएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको चौथो बैठकलाई सम्बोधन गर्दै नेता खनालले पेट्रोलियम पदार्थको उपभोगलाई व्यापक कटौती गरे मुलुकको व्यापार घाटा निकै घटाउनुपर्ने भए पनि राज्यको ध्यान जान नसकेको बताएका हुन् ।
उनले धेरै कमिसन खोज्ने व्यक्तिहरू नै सरकारमा पुग्ने गरेकाले मुलुकको विकास रोकिएको र मुलुकलाई आत्मनिर्भर तर्फ पुराउने काम अवरुद्ध भएको बताए ।
आफ्नो मात्र लाभ खोज्ने नेताहरू धेरै भएका कारण पनि समस्या सिर्जना भएको उनको भनाई छ । उनले नेपाली अर्थतन्त्र पर्यटन बेस अर्थतन्त्र विकास गर्ने आधार रहेको भए पनि त्यसलाई विकसित र आधुनिकीकरण गर्न नसकिएको जिकिर गरे ।




















प्रतिक्रिया