Logo

प्रमुख समाचार

गठबन्धनमा प्रधानमन्त्रीको उमेदवार को रहेछ ? : गोकुल बाँस्कोटा



नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले सत्तारुढ गठबन्धन जनतासँग डराएको आरोप लगाएका छन् ।

गठबन्धनका दलहरूलाई आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँट गर्न सकस परिरहेका बेला उनले यस्तो आरोप लगाएका हुन् ।

‘गठबन्धनको प्रमको उम्मेदवारको रहेछ ? त्यति पनि जनतालाई नभन्ने हो भने यीनीहरू जनतासँग तर्सेकै हुन्,’ बास्कोटाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् । गठबन्धनका दलहरू जनतालाई झुकाउन लागिपरेको उनले बताएका छन् ।

‘घ्यु बेचुवा र तलवार बेचुवा राजनीतिले सके जनता झुक्क्याउने नसके आपसमा एकले अर्कोलाई झुक्काएर छाड्ने न हो,’ उनले भनेका छन् । प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि काभ्रे निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेका नेता गोकुल बास्कोटाको सर्वसम्मत एकल सिफारिस भएको छ ।

एमाले क्षेत्रीय कमिटीको आइतबार बसेको बैठकले बास्कोटाको नाम सर्वसम्मत सिफारिस गरेको हो । संचारमन्त्री समेत रहेका बास्कोटा २०७४ सालमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आईतवार १६:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।