काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । उनीहरुबीच नयाँ बानेश्वरस्थित संसद भवनमा मंगलबार बिहान भेटवार्ता भएको हो ।
भेटमा एमालेका तर्फबाट सुवास चन्द्र नेम्बाङ, अष्टलक्ष्मी शाक्य, राजन भट्टराई, विष्णु रिमाललगायत नेताको सहभागी थिए । अध्यक्ष लीले आज दिनभर उच्चस्तरीय भेटवार्ता गर्दैछन् ।




















प्रतिक्रिया