Logo

प्रमुख समाचार

निर्वाचन आयोगले आज १२ वटा राजनीतिक दलसँग छलफल गर्दै



काठमाडौं । निर्वाचन आयोगले आज १२ वटा राजनीतिक दलसँग छलफल गर्दैछ ।

प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावबारे केन्द्रित रहेर समसामयिक विषयमा छलफल गर्न प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दललाई बोलाइएको निर्वाचन आयोगले बताएकाे छ । आयोगले राजपत्रमा प्रकाशित गरेको आचारसंहितालाई लिएर प्रमुख राजनीतिक दलहरुले असन्तुष्टि जनाउँदै आएका छन् ।

आजको बैठकमा यसबारे पनि छलफल केन्द्रित हुनेछ । आयोगले दिउँसो १२ बजे राजनीतिक दलसँग छलफल गर्न लागेको हो । प्रकाशित निर्वाचन आचारसंहितामा कुनै पनि मन्त्री र जनप्रतिनिधि राजनीतिक दलको मुख्य प्रचारक र प्रचारक भइ खटिन नपाउने व्यवस्था उल्लेख छ । प्रतिनिधि सभा तथा प्रदेश सभा चुनाव आउन अब ६७ दिन बाँकी छ ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार १०:१६   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।