Logo

प्रमुख समाचार

नागरिकता विधेयकको पक्षमा योगेश भट्टराई, भने– ९८ प्रतिशत समस्या समाधान हुन्छ



काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराई संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयकको पक्षमा उभिएका छन् । यो विधेयक लागु भए नागरिकताको ९८ प्रतिशत समस्या समाधान गर्ने उनले बताए ।

आफ्नो पार्टी एमाले नागरिकता विधेयकको विक्षमा रहेका बेला भट्टराईले भने राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयक प्रमाणीकरण भएर लागू भएपछि ९८ प्रतिशत समस्या समाधान हुने ठोकुवा गरेका हुन् ।

बुधबार सिंहदरबारमा भएको ‘सांसदसँग बालबालिका’ विषयक कार्यक्रममा एमाले सचिव भट्टराईले भने, ‘नागरिकताको समस्या यो विधेयक (प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको विधेयक) आइसकेपछि लगभग हल हुन्छ, धेरै बाँकी हुँदैन अब । मलाई लाग्छ ९८ प्रतिशत समस्या समाधान हुन्छ ।’

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार १९:५२   :  बजे

168
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।