काठमाडौं । बाँकी रहेको कोरोना बीमा भुक्तानीका लागि सरकारले १ अर्ब रुपैयाँ निकासा दिने निर्णय गरेको छ । सरकारले आफूले तिर्नुपर्ने रकम नदिएको भन्दै ०७७ चैत देखि बीमा कम्पनीले कोरोना बिमाको भुक्तानी रोकेका थिए ।
बीमा समितिका अनुसार अहिले कोरोना बिमाबापत कम्पनीहरूले १० अर्ब ५२ करोड ३२ लाख ९० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ । गत साता बसेको मन्त्रिपरिषद् बैठकले कोरोना बीमामा सरकारले तिर्नुपर्ने दायित्वमध्ये १ अर्ब रुपैयाँ निकासा दिने निर्णय भएको अर्थ मन्त्रालयले जनाएको छ ।
भुक्तानी गर्न बाँकी रहेकोमध्ये सरकारको दायित्वअन्तर्गत भने करिब साढे ११ अर्ब रुपैयाँ छ । अहिले करिब १ लाख ११ हजार ९ सय बिमितले भुक्तानी पाउन बाँकी छ ।




















प्रतिक्रिया