Logo

प्रमुख समाचार

कुनै पनि बहानामा लालपुर्जा वितरण रोकिँदैन : मन्त्री श्रेष्ठ



विराटनगर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले लालपूर्जा वितरणको काम कुनै पनि बहानामा नरोकिने बताएकी छन् । सरकारले गत वर्ष कात्तिकदेखि हालसम्ममा ४९ हजार भूमिहीन दलित, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरेको गरेको बताउँदै उनले यो क्रम निरन्तर अघि बढ्ने बताइन् ।

मोरङको कानेपोखरी ६ मा आयोजित लालपूर्जा वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएकी हुन् । ‘गत कात्तिक १६ गतेदेखि महोत्तरीको रामगोपाल गाउँपालिकाबाट सुरु गरेको धनीपुर्जा वितरण अहिले देशभरि भइरहेको छ,’ मन्त्री श्रेष्ठले भनिन्, ‘बिना लक्ष्य, बिना बजेट हामीले हालसम्ममा ४९ हजारलाई लालपुर्जा वितरण गरेर सुकुम्वासीलाई जग्गाको मालिक बनाउन सफल भयौं ।’

सरकारले यही वर्षभित्र देशभरका सम्पूर्ण गाउँघरका सुकुम्वासीलाई लालपुर्जा वितरण गरिसक्ने लक्ष्य लिइएको पनि उनले बताइन् । ‘गरिब नागरिकहरुलाई अधिकार दिने भनेर संविधानमा उल्लेख भयो । तर, सधैँभरि राजनीतिक आग्रह पूर्वाग्रह भए,’ उनले भनिन्, ‘गरिव तथा विपन्नले परिचयपत्र पनि प्राप्त गर्न नसक्ने अवस्था भयो । त्यो स्थिति अन्त्य गर्नका लागि गरिब पहिचान गर्ने गरी स्थानीय तहलाई जिम्मेवार बनाउने कामको सुरुवात भएको छ ।’

यसैबीच कानेपोखरीको वडा नम्बर ६ का ६७ जना भूमिहीन सुकुम्वासी तथा भूमिहीन दलित परिवारलाई भूमि आयोगले लालपुर्जा वितरण गरेको छ । मन्त्री श्रेष्ठले उनीहरुलाई लालपुर्जा वितरण गरेकी हुन् । कार्यक्रममा आयोगका अध्यक्ष केशव निरौला, उपाध्यक्ष नहेन्द्र खड्का, आयोग मोरङकी अध्यक्ष सुशीला घिमिरे, कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमति इङ्नाम, उपाध्यक्ष भोला अधिकारी लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार २१:५०   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।