Logo

प्रमुख समाचार

महाभियोग समितिको बैठक सर्‍यो  



काठमाडौं । आज  बिहीबार बिहानका लागि डाकिएको संघीय संसद, महाभियोग समिति बैठक सरेको छ । समितिका सचिव लक्ष्मीप्रसाद गौतमका अनुसार बैठक दिउँसो १ बजे बोलाइएको छ ।

यसअघि बिहान ८ बजे बैठक बस्ने भनिएको थियो । तर, सर्वोच्च अदालतका न्यायाधीशहरू सिफारिस समितिको छलफलमा नआउने जानकारी बुधबार साँझ दिएपछि समितिको बैठक केही समय धकेलिएको हो ।

समितिले दिउँसो १ बजे चार पूर्वन्यायाधीशलाई बैठकमा बोलाएको छ । समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग प्रस्तावमा छानबिन गरिरहेको छ ।  

प्रकाशित मिति : भाद्र ३०, २०७९ बिहीबार  ८ : ५९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।