Logo

राजनीति

चोलेन्द्रलाई बयानमा हस्ताक्षर गराइँदै, प्रतिप्रश्न गर्नेबारे समिति सदस्यहरु नै विभाजित



काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अगाडिको बयानमा हस्ताक्षर गराउँदै छ । पुरक प्रश्न सोध्ने विषयमा भने समिति सदस्यहरु नै दलीय रुपमा विभाजित हुँदा स्थगित गरिएको छ ।

चोलेन्द्रलाई पुरक प्रश्न सोध्न भन्दै शुक्रबार बिहान समितिको बैठक बसेको थियो । बिहान ९ बजेदेखि नै पुरक प्रश्न गर्ने समिति सचिवालयले जनाएको थियो । तर नेकपा एमालेका सांसदहरुले यसमा असहमति जनाएपछि उनलाई पुरक प्रश्न नसोधिने भएको हो ।

सुरुमा बिगतमा चोलेन्द्रले दिएको बयानमा समितिले गरेको अभिलेखमा उनलाई हस्ताक्षर गराउनुपर्ने माग एमाले सांसदहरुले राखे । त्यसपछि आवश्यक प्रमाण संकलन गर्नुपर्ने, थप कागजात मगाउनुपर्ने र त्यसपछि मात्र प्रश्नका सूची तयार पारेर पुरक प्रश्न सोध्ने गरी जानु प्रक्रियासँगत हुने माग एमालेले राख्यो । केहीबेर यसैमा छलफल भयो ।

अहिले प्रतिप्रश्न सोध्ने तयारी स्थगित गरेर महाअभियोग सिफारिस समितिले बिगतको बयानमा जबरालाई हस्ताक्षर गराउँदैछ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार ११:४९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।