Logo

प्रमुख समाचार

डेंगु संक्रमण बढेपछि कवाडी संकलन केन्द्र सहरबाहिर सार्न पोखरा महानगर सूचना



पोखरा । पोखरा महानगरपालिकाले कवाडी संकलन केन्द्र मुख्य बजार क्षेत्रबाट ५ सय मिटर बाहिर सर्न ३५ दिने अल्टिमेटम दिएको छ । महानगरले शुक्रबार सूचना जारी गर्दै डेंगुलगायत अन्य महामारी फैल्याउन कवाडी संकलन केन्द्रले मद्दत पुगेको भन्दै सार्न आग्रह गरेको हो ।

सूचनामा यसअघि कवाडी संकलन गर्ने व्यवसायी र जग्गाधनीका बीचमा जे जस्तो सम्झौता भएको भए पनि जारी सूचनाअनुसार सम्झौता संशोधन गर्नसमेत महानगरले आग्रह गरेको छ । मुख्य आवास क्षेत्रबाट उक्त व्यवसाय नहटाइएमा दुवै पक्षलाई कानुनअनुसार कारबाही गर्नेसमेत महानगरले चेतावनी दिएको छ ।

गण्डकीका मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा डेंगुबाट संक्रमित भएका छन् । प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. नारायण श्रेष्ठका अनुसार प्रदेशमा हालसम्म १५७ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये सबैभन्दा बढी कास्कीका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार १५:४८   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।