Logo

कर्पोरेट फोकस

यात्रु नभएपछि बसकै भाडादरमा हवाई टिकट 



भीमा पन्थी । आन्तरिक उडानको काठमाडौँ तर्फ आउने भाडा घटेको छ । यात्रु कम भएपछि आन्तरीक उडान गरिरहेका कम्पनीले रित्तै काठमाडौँ जहाज र्फकाउनुभन्दा सस्तोमा यात्रु बोक्न थालेका हुन् । कम्पनीले 
आन्तरीक उडानका हरेक क्षेत्रबाट काठमाडौँ आउने भाडा बसको भाडादर बराबर गराएका छन् । 

दशैँ तिहार नजिकिएसँगै काठमाडौँबाट बाहिर जानेको भिड भएपनि फर्कने निकै कम छन् । त्यसमा पनि कोरोनाको कारण कामको चटारो त्यत्ति पर्दैन जसकारण केही सस्तो पाएभने यात्रु बसमै यात्रा गरिदिन्छन् । तर यो परिस्थितिललाई भने उडानका कम्पनीले भने चतुर्याई गरेर आफ्नो कोल्टोमा पारिदिए । बसकै बराबरमा उडान गरेका छन् ।  वायुसेवा कम्पनीका एक कर्मचारीले उडान कम्पनीले रहरले भाडा घटाएको भन्दापनि बाध्यता रहेको बताए । उनले भने ‘लामो समय थलिएको उडान व्यावसाय अहिले पनि एकतर्फि मात्र चलेको छ, त्यसैले काठमाडौं फर्किँदा हवाई सेवा कम्पनीहरूले घटाघटमा यात्रु ल्याइरहेका छन्। यात्रु नपाएपछि जहाज खाली फर्किनु भन्दा सस्तैमा भए पनि उठाउनुपर्ने बाध्यता छ। त्यही भएर अहिले बसकै बराबर भाडा आएको हो । 

जहाज सञ्चालमा आएको सुरुसुरुमा यात्रुको संख्या राम्रै भएपनि संक्रमणका कारण पछिल्लो समय खस्किदो रहेको यति एयरलाइन्सका प्रवक्ता सुर्दशन गर्तौलाले बताए । उनले भने ‘६ महिनापछि जहाज संचालनमा आउँदा सुरुमा यात्रुको संख्या राम्रो थियो। तर काठमाडौँ लगायत देशमा मुख्य सहरहरुमा कोरोना संक्रमण बढ्दै जाँदा विस्तारै यात्रु संख्या घट्दो क्रममा रहेको छ । काठमाडौंमा कोरोना संक्रमण बढ्दो क्रममा रहेकाले समेत यहाँ आउने यात्रुको संख्यामा अझ कमि आएको छ ।’

पछिल्लो समय आन्तरिक उडान गर्ने बुद्ध, श्री, यती र सिम्रिक लगायत वायुसेवा कम्पनीले डिजिटल प्लाटफर्ममा आफ्नो भाडादर सार्वजनिक गरेका छन् । सोही सार्वजनीक भाडादरमा पहिलाको भन्दा लगभग ५० प्रतिशतले घटाएको पाइएको छ । 

अहिले धनगढी–काठमाडौँ, विराटनगर–काठमाडौँ, पोखरा–काठमाडौँ, जनकपुर–काठमाडौँ, भैरहवा–काठमाडौँको जहाजको भाडा क्रमशः ३ हजार ५,२ हजार,२ हजार, २ हजार, २ हजार रहेको छ, सोही रुटमा बसको सामान्य भाडा क्रमश २ हजार ७ सय ७५, १ हजार ८ सय ७५, ६ सय, १ हजार ३ सय ५० र ८ सय २० रहेको छ । पहिलो सोही रुटको  जहाज भाडा क्रमशः ५ हजार ५ सय २०, ४ हजार, २ हजार २ सय, ३ हजार ३ सय ५ र ३ हजार रहेको थियो । 

संक्रमणको यो समयमा यात्रु आरामदायी र सकेसम्म सुरक्षित तवरबाट यात्रा गर्न चाहन्छन् । यसर्थमा बसको यात्रा गर्दा डिलक्स र एसीयुक्त गाडीमा भाडा अझ बढी लाग्छ, समय लाग्छ बाटोमा खर्च हुन्छ त्यो भन्दा यात्रु जहाजमै यात्रा गर्छन् ।  

त्यस्तै श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले काठमाडौं आउने यात्रुको संख्या एकदमै न्यून भएकोले यात्रु तान्न भाडा घटाएको बताए । उनले भने तिरै र्फकनु भन्दा केही भएपनि कमाई हुने र यात्रुलाई पनि संक्रमणको बेला केही आर्थिक सहज मिल्ने हुँदा भाडा घटाइएको हो । 

यता बस व्यावसायीले भने जहाजको भाडा घटाएपछि आफुहरु मर्कामा परेको सुनाउँछन् । बसपार्कबाट भैरहवा जाने एक बस चालकले भने एक त सधै नै दशैँको समयमा एताबाट जानेको चाँप भएपनि उताबाट आउने यात्रु पाउन मुस्किल पर्थ्यो, अहिले त झन् जहाजको भाडा घटाएपछि फर्किएको खर्च समेत नउठ्ने स्थिति छ । ‘हवाई भडा घटेपछि यात्रुको रोजाई एयरपोर्ट बन्यो बसपार्क सून्य छ’ 

प्रकाशित मिति : आश्विन २७, २०७७ मंगलबार  ११ : ३३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।