Logo

प्रमुख समाचार

सोलुखुम्बुको थुलुङ दुधकोशीमा पुगेर प्रचण्डले भने– मैले यस्तै विकासको कुरा गरेको



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपलिकामा भएका विकास निर्माणका कामहरुको प्रशंसा गर्दै आफूले यस्तै विकासको कुरा गरेको बताएका छन् । उनले सिंहदरबारको अधिकार जनताको घरदैलोमा पुर्याउने र शिक्षा, स्वास्थ्य रोजगारीको नयाँ अभियानको चर्चा गर्दैगर्दा आफूले यस्तै विकासको कुरा गरेको बताए ।

सोमबार दुधकोशी सामुदायिक अस्पतालको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘यस्तै शिक्षालय, यस्तै अस्पताल, जनतालाई सेवा दिने भवन सिंहदरबारको कुरा गरेको हो र जनतालाई अझ धेरै अधिकार दिने कुराको पक्षपोषण गरेको हो ।’

प्रचण्डले सोलुखुम्बु सगरमाथाको जिल्ला भनेर संसारमा चिनिएको भन्दै सोलुमा भएको विकासको मोडल संसारले हेर्ने पनि बताए । ‘सगरमाथाको काखमा भएको तपाईँको जिल्लामा सोलुखुम्बुबासीका निम्ती शिक्षा, स्वास्थ्य रोजगारी, बाटोघाटो, विद्युतीकरणले कस्तो मोडल अपनाउँछ त्यो पनि संसारभर देखिन्छ’, उनले भनाइ थियो ।

बाटोघाटोबाट नजोडिएका सोलुखुम्बुमा ४८ वटा वडामात्रै ५ बर्षमा जोडिएको, अस्पताल, विद्युतीकरण र शिक्षामा समेत भएको विकास समाजवादतर्फको यात्रा भएको उनले बताए । ‘साँच्चै संसारको सबैभन्दा अग्लो टाकुराबाट समाजवादको सन्देश दिनुभएको छ’, प्रचण्ड भने ।

प्रकाशित मिति : आश्विन ३, २०७९ सोमबार  ३ : ३० बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।