Logo

राजनीति

उच्च अदालतको आदेशपछि पनि रोकिएनन् बालेन, टुकुचा उत्खनन् निरन्तर



काठमाडौंं । उच्च अदालत पाटनले टुकुचा खोलामाथि बनेका भौतिक संरचना नभत्काउन आदेश दिएपनि काठमाडौं महानगरपालिकाले उत्खनन्को काम रोकेको छैन । प्रेसिडेन्ट ट्राभल्स एन्ड टूर्स प्रालिको तर्फबाट भोलाविक्रम थापा समेतले दायर गरेको रिटमा फैसला सुनाउँदै उच्चले टुकुचामाथि निर्माण भएको संरचना नभत्काउन अन्तरकालीन आदेश जारी गरेको थियो ।

तर अदालतको आदेशपछि पनि महानगर प्रमुख बालेन्द्र साह ‘बालेन’ले अभियानलाई निरन्तरता दिएका हुन् । यसै क्रममा सोमबार पनि महानगरको टोलीले हात्तीसार–कमलपोखरीको क्षेत्रमा उत्खनन् जारी राख्यो। टुकुचा क्षेत्र अतिक्रमित गरेको भन्दै महानगरपालिकाले सम्भावित क्षेत्र पहिचान गरेर उत्खनन् गरिहेको छ ।

केही दिनअघि जय नेपाल हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अवस्थामा रहेको टुकुचा निकालेको थियो । महानगर नगर प्रहरी प्रमुख राजु पाण्डेले महानगरपालिका विकासका लागि अघि बढिसकेको भन्दै अब काम गर्नका लागि पछि नहट्ने बताए । उनले कामठाडौं महानगर चीनको स्टाइलमा विकास गर्नका लागि अघि बढेको र रातारात काठमाडौं परिवर्तन गर्ने योजनामा रहेको बताएका छन् ।

टुकुचा खोलामाथि बनेका भौतिक संरचना नभत्काउन आइतबार उच्च अदालत पाटनले आदेश काठमाडौं महानगरपालिकालाई आदेश दिएको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार १६:१३   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।