Logo

राजनीति

कांग्रेसको समानुपातिक सूचीमा आरजु र विमलेन्द्र पनि



काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य आरजु राणा देउवा र पूर्वउपसभापति विमेन्द्र निधिलाई समानुपातिक कोटाबाट उम्मेदवार बनाउने भएको छ । समानुपातिकको सूचीलाई अन्तिम रुप दिन कांग्रेस पदाधिकारीहरु छलफलमा छन् ।

बैठकमा प्रत्येक प्रदेशलाई ४० जनाको ‘सर्टलिस्ट’ तयार गरिँदै छ । जसमा प्रधानमन्त्री पत्नी समेत रहेकी आरजुको नाम समानुपातिकमा राखिएको छ । २०७४ को आम चुनावमा आरजु कैलाली क्षेत्र नम्बर ५ मा चुनाव लडेकी थिइन् । तर नेकपा एमालेका नारदमुनी रानासँग पराजित भइन् । उनी यो पटक पनि प्रत्यक्ष लड्ने तयारीमा थिइन् । क्षेत्र, जिल्ला र प्रदेशले पनि उनको नाम एकल रुपमा पठाएको थियो । तर अन्तिम समयमा उनले समानुपातिकमा बस्ने निर्णय गरेको बताइएको छ ।

यस्तै, पूर्वउपसभापति निधि पनि समानुपतिक उम्मेदवारको लिस्टमा छन् । मधेस प्रदेशले ४० जनाकै नाम टुंगो लगाउँदा निधिको नाम पनि राखिएको कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण यादवले जानकारी दिए । निधिले सुरुवातदेखि नै समानुपातिक सूचीमा बस्ने इच्छा राखेका थिए । सोही अनुसार उनलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाउनका लागि सिफारिस गरिएको थिएन ।

यस्तै नेताहरु गोपालमान श्रेष्ठ, सहमहामन्त्रीद्धय फर्मुल्लाह मन्सुर र जीवन परियार पनि समानुपातिकमा परेका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार १६:३२   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।