Logo

राजनीति

पूर्व संचारमन्त्री नैनकला एमालेकाे समानुपातिक सूचीमा



काठमाडौं । पूर्व संचारमन्त्री समेत रहेकी नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापाकी पत्नी नैनकला थापालाई प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार बनाएको छ ।

एमालेले सोमबार साँझ निर्वाचन आयोगमा ११० जनाको सूची बुझाएको छ, जसमा पदाधिकारीहरु छैनन् । तर उपाध्यक्ष बादलकी पत्नी नैनकलाको नाम समावेश छ ।

बादल मन्त्रीबाट हट्नु परेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नैनकलालाई सञ्चारमन्त्री बनाएका थिए । २७ वैशाखमा सञ्चारमन्त्री भएकी उनी सर्वोच्च अदालतको आदेशका कारण दुई सातामै पदबाट हट्नु परेको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार १९:३३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।