Logo

अर्थ

तोलामा ४०० रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको छ। यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।

मंगलबार तोलामा ५ रुपैयाँ बढेर चाँदीको मूल्य प्रतितोला १ हजार १८० रुपैयाँ कायम भएको छ। यसअघि सोमबार चाँदी प्रतितोला १ हजार १७५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलवार ११:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।