काठमाडौं । चिकित्सा क्षेत्र सुधारका विभिन्न माग राखेर ९ दिनदेखि धनगढीमा अनसन बसेका डा. गोविन्द केसीलाई हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी गरेका छन् । उनको स्वास्थ्य स्थिति झन् जटिल बन्दै गएपछि थप उपचारका लागि काठमाडौं ल्याइने तयारी गरिएको कैलाली जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए ।
स्वास्थ्यमा जटिलता देखिएपछि डा. केसीलाई सेती अञ्चल अस्पतालले सुविधासम्पन्न अस्पतालमा लैजान सल्लाह दिएको थियो । अस्पतालले डा. केसी शरीरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोस हुन सक्ने बताएको छ । त्यस्तै पेटमा कडा खालको अल्सर भएको आशंका गरिएको पनि अस्पतालले जनाएको छ ।
स्वास्थ्यामा जटिलता देखिएको र धनगढीमा उपचार हुन नसक्ने भएपछि काठमाडौं लैजान हेलिकप्टर मगाइएको प्रवक्ता जोशीले बताए । अनसन बसेको तीन दिनदेखि नै डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयुमा भर्ना गरिएको थियो ।
औषधि सेवन नगर्दा उनको स्वास्थ्य स्थिति गम्भीर भएकाले प्रादेशिक अस्पतालले मंगलबार बिहान एक प्रेस विज्ञप्ति जारी गर्दै उनलाई विशिष्ट स्वास्थ्य सुविधा भएको अस्पतालमा लैजान आग्रह गरेको थियो । सोमबार पनि सेतीले यस्तै आग्रह गरेको थियो ।
याे पनि…
अनशनरत डा. केसीमा कडा अल्सरको लक्षण, सेतीले फेरि भन्यो– विशिष्टिकृत अस्पताल लैजाउ
प्रतिक्रिया