Logo

प्रमुख समाचार

काठमाडौं नआउने डा. केसीको अडानपश्चात रित्तै फर्कियो सेनाको स्काइ ट्रक



काठमाडौं । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियान्ता डा. गोविन्द केसीले थप उपचारका लागि काठमाडौं आउन अस्वीकार गरेका छन् । विभिन्न माग राखेर ९ दिनदेखि धनगढीमा अनशनमा रहेका उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि सरकारले नेपाली सेनाको स्काइ ट्रकबाट काठमाडौं ल्याउने प्रयास गरेको थियो ।

तर डा. केसीले कुनै पनि हालतमा काठमाडौं नआउने अडान राखेपछि उनलाई लिन गएको सेनाको स्काइ ट्रक .धनगढीबाट रित्तै फर्केको छ । आफूलाई जटिल समस्या नभएकाले जबर्जस्ती नगर्न केसीले पटक पटक आग्रह गरेपछि स्काइ ट्रक काठमाडौं फर्केको हो ।

सेती प्रादेशिक अस्पतालले डा. केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको भनेपछि उनलाई लिन सेनाको स्काइ ट्रक धनगढी पुगेको थियो । डा. केसीले अनसन सुरु गरेको दुईदिन पश्चात स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती अस्पतालमा आईसीयूमा भर्ना गरिएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलवार १७:२७   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।