Logo

समाचार

गोठाटार गोली काण्ड : अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले बनायो विशेष समिति



काठमाडौं । अज्ञात समूहको गाली प्रहारबाट गोठाटारमा लाल मोहम्मद मारिएका घटनाबारे छानविन गर्न प्रहरी प्रधान कार्यालयले विशेष समिति बनाएको छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज भट्टराईको नेतृत्वका मंगलबार पाँच सदस्यीय समिति बनाइएको हो ।

उपत्यका प्रहरी कार्यालयका एआईजी रवीन्द्रबहादुर धानुकका अनुसार समितिमा एसपी दिनेशराज मैनाली, डीएसपी कृष्ण चन्द लगायत सदस्य छन् । समितिमा साइबर ब्यूरोका एकजना अधिकृतलाई पनि राखिएको छ ।

सोमबार साँझ साढे ६ बजे गोठाटारस्थित एभेन्जर इन्टरप्राइजेज नामक गोर्मेन्ट उद्योग अगाडि मोहम्मदलाई गोली हानेर अज्ञान समूहले हत्या गरेको थियो । उनको हत्यामा संलग्न तीनजना व्यक्ति घटनास्थल नजिकै रहेको होटल कोशिपारि गेष्ट हाउसमा बसेका पाइएको छ ।

प्रकाशित मिति : आश्विन ४, २०७९ मंगलबार  ८ : ११ बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।