Logo

प्रमुख समाचार

अनसनरत डा. केसी र सरकारी प्रतिनिधिबीचको वार्ता निष्कर्षविहीन



काठमाडौं । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियान्ता डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी टोलीबीच भएको वार्ता निष्कर्षविहीन बनेको छ । आज (मंगलबार) भएको वार्तामा दुवै पक्षको सहमति हुन सक्ने सम्भावना भएका बुँदाहरुको बारेमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको वार्तामा दुवै पक्षको सहमति हुन सक्ने सम्भावना भएका बुँदाबारे छलफल भए पनि निष्कर्ष भने ननिस्किएको बताइएको छ । डा. केसी ९ दिनदेखि धनगढीमा अनसनमा बसेका छन् ।

उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । उलाई कडा खालको अल्सरको लक्षण देखिएकोले विशिष्ट सेवा भएको अस्पतालमा लैजान सेतीले आग्रह गरेको थियो । त्यसपछि डा. केसीलाई लिन काठमाडौंबाट नेपाली सेनाको स्काइ ट्रक धनगढी पुगेपनि केसीले कुनै हालतमा काठमाडौं नआउने अडान राखेपछि रित्तै फर्किएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलवार २१:३६   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।