Logo

समाचार

नियमित योग गर्दा शारीरिक र मानिसक फाइदा



काठमाडौं । मानिसले स्वास्थ्य निरोगी, दीर्घजीवि हुन नियमित रुपमा योग अभ्यास गर्नु पर्छ । अहिलेको जीवनशैलीका कारण धेरैमा शारीरिक तथा मानशिक समस्याहरु बढ्दै गएको मात्र होइन मानिसमा नसर्ने रोगको जोखिम पनि बढेको छ ।

त्यसाे हुनाले सबैले योगअभ्यास गर्नु अति आवश्यक छ । नियमित योगा गर्ने मानिसहरु खुसी र आन्नदित रहन्छन् । जसले गर्दा उनीहरुको जीवन साधारण र सुखमय हुन्छ ।

शारीरिक, मानसिक र आध्यात्मिक रुपमा स्वस्थ रहनका लागि योग गर्नुपर्छ । योगको माध्यमबाट मानिस निरोगी र स्वस्थ भएर बाँच्न सकिन्छ । नियमित योग गर्दा हुने केही फाइदाबारे तल उल्लेख गिरएकाे छ ।

यस्ता छन् नियमित योगका फाइदाहरु

– योगले शरीरमा रक्तसञ्चारका साथै अक्सिजनको मात्रा बढाउँछ भने रोग प्रीतरोधात्मक क्षमता बढाउँछ,

– नियमित योग गर्न सकेमा योगका आसन र ध्यानले जोर्नीको समस्या कम गर्छ,

– योगको नियमित अभ्यासबाट कार्यक्षमतामा वृद्धि हुन्छ,

–योगले मानसिक शान्ति प्राप्त हुन्छ,

–प्राणायाम गर्दा श्वासप्रश्वासको गति नियन्त्रण गर्छ,

–ध्यानले एकाग्रता बढाउँछ,

– योगले तनावलाई घटाउछ,

–नियमित योग गर्ने व्यक्तिलाई निद्राको समस्या हुँदैन,

– योग अभ्यासले पाचन प्रक्रियालाई सही किसिमले सुचारु गर्न सहयोग पुर्‍याउँछ,

– बालबालिकालाई योगअभ्यास गराउँदा उनीहरुको दिमाग तीक्ष्ण हुन्छ,

–योग अभ्यासले बालबालिका शारीरिक रुपमा पनि स्वास्थ्य रहन सक्छन्,

–योग गर्ने मानिसमा सकारात्मक सोचको विकास हुन्छ,,

– शरीर, मन र आत्माबीचको समन्वय हुने हुँदा नियमित योग गर्ने व्यक्तिमा ऊर्जा बढि हुने भएकाले सकारात्मक गुणको विकास हुन्छ ।

प्रकाशित मिति : आश्विन ६, २०७९ बिहीबार  ६ : ०० बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।