Logo

आजको तस्बिर

बजारमा छैन दशैँको रौनक, असन र न्यूरोड सुनसान (फोटोफिचर)



काठमाडौं । नेपालीहरुको महान चाड वडादशैँ नजिकिएको छ । दशैँ नजिकिए पनि बजारमा भने खासै चहलपहल देखिएको छैन । दशैँ सुरु हुन अब पाँच दिन मात्र बाँकी र पनि बजारको चहलपहलले दशैँको झल्को दिएको छैन ।

काठमाडौंको सबैभन्दा व्यस्त बजार असन र न्यूरोडमा दशैँको रौनकता देखिएको छैन । व्यापारीहरु कोही ग्राहक आउलान् कि भनेर बाटो पर्खिएर बसेका छन् । पहिलेपहिले जस्तो भिडभाड बजारमा छैन । ग्राहकहरु फाट्टफुट्ट मात्र देख्न सकिन्छ । पहिलेपहिले दशैँ आउनुभन्दा करिब १५/१० दिन अगाडि नै चहलपहल सुरु हुने बजारमा अहिले न त्यति धेरै चहलपहल नै छ न व्यापारीमा उत्साह नै ।

अधिकांश पसल सुनसान नै देखिन्छन् । बजारमा फाट्टफुट्ट मात्र चहलपहल छ । यो त असन न्यूरोडमा अन्य समयमै भइरहेको हुन्छ । तर दशैँको उत्साह बजारमा कत्ति पनि देखिएको छैन । हामीले न्यूरोड र असन बजारमा देखिएका केही दृश्यहरु कैद गरेका छौँ ।

तस्बिरमा हेर्नुहोस् :

प्रकाशित मिति : आश्विन ६, २०७९ बिहीबार  १२ : १६ बजे