काठमाडौं । अनसनरत डा. गोविन्द केसी र सरकारका प्रतिनिधिबीच बिहीबार भएको दोस्रो चरणको वार्ता पनि निष्कर्षविहीन भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो भएको वार्ता निष्कर्षमा नपुगेको डा. केसीका सहयोगी प्रितम सुवेदीले बताए ।
मंगलबार ८ घण्टासम्म बसेको पहिलो चरणको वार्ता पनि निष्कर्षमा पुगेको थिएन । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियान्ता डा केसीले उठाएका कतिपय विषयवस्तु राजनीतिक तहबाटै निर्णय गर्नुपर्ने देखिएकाले थप छलफल गरिने बताइएको छ ।
भदौ २७ गतेदेखि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारका ८ बुँदे माग राख्दै डा. केसी अनसनमा बसेका हुन् । धनगढीबाट अनसन सुरु गरेका डा. केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि काठमाडौं आएका छन् । सेती प्रादेशिक अस्पतालको सुझावअनुसार थप उपचारका लागि सरकारले काठमाडौं ल्याउन खोज्दा नमानेका उनी बुधबार आफ्नै खर्चमा काठमडौं आएर त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् ।
प्रतिक्रिया