काठमाडौं । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियान्ता डा. गोविन्द केसीको समर्थनमा भोलि (शनिबार) बृहत् प्रदर्शन हुने भएको छ । बृहत् नागरिक आन्दोलनले आमरण अनरसरत डा. केसीको समर्थनमा प्रदर्शन गर्न लागेको हो ।
शनिबार मध्यन्ह १२ बजे माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गर्न लागिएको आन्दोलनले बताएको छ । विगतमा भएका सहमति कार्यान्वयन लगायतका सातबुँदे माग राखेर डा. केसीले १२ दिनअगाडि धनगढीमा अनशन थालेका थिए ।
अनशनका क्रममा उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि काठमाडौं ल्याइएको छ । तर डा. केसीले अनशन तोडेका छैनन् । बृहत् नागरिक आन्दोलनले शुक्रबार वक्तव्य जारी गर्दै केसीको स्वास्थ्यप्रति संवेदनशील बन्न र उनका प्रतिनिधिसँग सार्थक वार्ता गर्न आग्रह गरेको छ ।




















प्रतिक्रिया