काठमाडौं । अबदेखि केन्द्रीय अस्पतालमा उपचार गर्न जाँदा ओपीडी शुल्कमा विद्यार्थीहरुले ५० प्रतिशत छुट पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार बसेको मन्त्रीस्तरिय बैठकले ओपीडी शुल्कमा छुट गर्ने निर्णण गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा। सजय कुमार यादवले विद्यार्थीहरुले संघीय अस्पतालमा परीक्षण गर्न जाँदा ओपीडी शुल्कमा ५० प्रतिशत छुट पाउने बताए । ओपीडी शुल्क सेवा लिन जाँदा विद्यार्थीहरुले आफ्नो परिचय पत्र देखाउनु पर्नेछ ।
प्रतिक्रिया