Logo

अचम्म

कुखुराको भालेलाई अदालतमा पेश गर्न आदेश



भारतको तेलगंगाको लथुनर गाउँमा भएको एक घटनापछि कुखुरालाई प्रहरीले अदालतमा पेश गर्ने भएको छ ।

प्रहरीले जानकारी दिए अनुसार कुखुराको भाले अपराधी भएपनि पक्राउ गर्ने बारेमा सोच बनाएको छैन । 

गत  २२ फरबरीमा  भारतमा दुइटा भाले जुधिरहेका थिए ।सोही क्रममा एउटा आफ्नै भालेको खुट्टटामा बाँधिएको चक्कुले मालिकको कम्मरको तल्लो भागमा  गंभिर चोट लाग्यो । चक्कुको प्रहारबाट गम्भीर घाइते भएका मालिकको उपचारको क्रममा निधन भएको थियो। 

४५ वर्षीय थानुगुल्ला सतीशले प्राय भालेको खुट्टामा एक विशेष प्रकारको चक्कु बाधिदिएका हुन्थे । त्यसैक्रममा गल्तीले कुखुराको भालेको चक्कु सतिशतिरै तेर्सिएको बताइएको छ। चक्कुले काटेपछि उनको शरीरबाट धेरै रगत बग्यो जसका कारण उनलाई तत्काल अस्पताल लगिएको भएपनि उनि बाचेनन् ।

उक्त स्थानमा कुखुराको लडाईलाइ  प्रतिवन्ध गरिएको छ तर पनि  केही मानिसहरु लुकेर भाले जुधाई गर्दै आएका थिए ।घटनाका दोषी भाले  ठहरिएपछि अब भालेलाई अदालतमा पेश गर्ने भनि आदेश दिएको  छ ।

 

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार १८:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।