Logo

पत्रपत्रिका

सम्मानजनक उपस्थिति खोज्दै शेखर समूह



काठमाडौं । नेपाली कांग्रेसभित्र एकाधिकारवाद झाँगिदै गएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफू इतरका नेता कार्यकर्ताहरूलाई पाखा लगाएर आफ्नो गुट जोगाउन तल्लीन रहेपछि पार्टी संस्थागत हुन नसकेको हो । शनिबार मात्र संस्थापन इतरका नेताहरूले खबरदारीसभा गरेर देउवाको ध्यानाकर्षण गएसँगै पार्टीले निर्वाचन आयोगमा पठाएको समानुपातिक बन्द सूचीको लिस्ट सार्वजनिक भएको छ ।

आन्तरिक पार्टी जीवनमा संस्थापन इतर समूहका नेता डा. शेखर कोइराला समूहले आगामी चुनावमा सम्मानजनक उपस्थिति खोजेको छ । पार्टीभित्र न्याय र समानताका लागि भन्दै सङ्घर्षका कार्यक्रम तय गरेको कोइराला समूहलाई चित्त बुझाउनतिर ध्यान नदिएर गठबन्धनका नाममा प्रचण्ड माधव नेपालसँग घाँटी जोडेको देउवामाथि नेताहरूले आरोप लगाएका छन् । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतमले पार्टीभित्र एकाधिकारवाद झाँगिएको बताइन् । उनले भनिन् हामीले लाखौँ नेता कार्यकर्ताको संघर्षबाट लोकतन्त्र ल्याएका हौँ । तर देशको सबैभन्दा ठुलो लोकतान्त्रिक पार्टीका सभापतिबाट गैर लोकतान्त्रिक चरित्र देखिएको छ, यसलाई सच्याइनुपर्छ ।’  आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रकाशित मिति : आश्विन १०, २०७९ सोमबार  ८ : ५८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।