काठमाडौं । डेंगुको प्रकोप नियन्त्रणमा केही पनि गर्न नसकेको भन्दै सत्तारुढ दलकै नेताले सरकारको आलोचना गरेका छन् । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगन थापाले डेंगु नियन्त्रणमा सरकारले भूमिका नखेलेको भन्दै आलोचना गरेका हुन् ।
पूर्व स्वास्थ्यमन्त्री थापालपे आफ्नै पार्टी नेतृत्वको सरकारको काममा पटक्कै चित्त नबुझेको बताए । आज काठमाडौंको चाबहिलमा आयोजित एक कार्यक्रमा उनले भने, ‘डेंगुलाई सरकारले प्राथमिकतामा राख्नु पर्ने थियो । सरकारले काम गरेको छैन, पटक्कै चित्त बुझेको छैन । हामीले कोभिडको बेला अर्को सरकारलाई भन्यौं तर अहिले हाम्रै सरकारले काम गरेन ।’
सरकार अहिले चुनावको तयारीमा रहे पनि डेंगु नियन्त्रणलाई पनि प्राथमिकतामा राख्नुपर्ने भन्दै महामन्त्री थापाले आपतकालीन बैठक बसेर योजना बनाउनुपर्ने बताए । ‘तालमेल मिलाउने, भागबण्डा गर्ने त्यो पार्टीको काम हो, त्यो पनि गर्नुपर्छ,’ उनले भने, ‘यस बेलाको प्रमुख प्राथमिकता डेंगु हुनुपर्ने हो ।’




















प्रतिक्रिया