Logo

प्रमुख समाचार

दसैँ अवधिभर काठमाडौं महानगरले निःशुल्क एम्बुलेन्स सेवा दिने



काठमाडौं । काठमाडौं महानगरपालिकाले दसैँ अवधिभर निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । डेंगु महामारीकै रुपमा फैलिरहेका बेला दसैँ अवधिमा महानगरले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको हो ।

महानगरका मेयर बालेन साहका अनुसार डेंगुबारे जानकारी लिने र बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ । डेंगुबारे जानकारी लिनका लागि महानगरपालिकाले हटलाइन सेवा दिनेछ । जसका लागि ११८० मा फोन गरेर सेवा लिन सकिनेछ ।

एम्बुलेन्स सेवाका लागि १०२ मा सम्पर्क गर्न सकिने मेयर साहले जानकारी गराएका छन् । साथै दशैं अवधिमा महानगरमा ५५८ स्वयम्सेवक खटाइनेछ । उनीहरूले सिटामोल र जीवनजल वितरण गर्नेछन् ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आईतवार १०:५०   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।