काठमाडौं । नेपाल मेडिकल काउन्सिलले बिरामीको उपचारमा त्रुटि गरेको ठहर गर्दै पछिल्ला दुई वर्षमा १७ जना चिकित्सकलाई कारबाही गरेको छ । मेडिकल काउन्सिलको तथ्यांक अनुसार पछिल्ला दुई वर्षमा ६६ जनाविरुद्ध उजुरी परेको थियो ।
काउसिन्लका रजिष्ट्रार डा. कृष्ण प्रसाद अधिकारीका अनुसार अझै छानबिनमा क्रममा ४४ वटा उजुरीहरु छन् । उजुरी परेका ५ केसहरु काउन्सिलले कारबाही गरिरहनु नपर्ने ठहर गरेको छ ।
काउन्सिलका रजिष्ट्रार अधिकारीका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा काउन्सिलमा ४६ वटा उजुरी थियो । यस्तै, काउन्सिलमा चालु आर्थिक वर्ष अर्थात आव २०७९/८० मा २० वटा उजुरी परेको थियो । उनका अनुसार कारबाही गरिएका चिकित्सकलाई उपचारमा भएको त्रुटिका आधारमा एक वर्षसम्म खास सेवा प्रदान गर्न रोकदेखि तीन महिनासम्म निलम्बन गरिएको छ ।




















प्रतिक्रिया