Logo

समाचार

सत्य मोहन जोशीको अवस्था स्थिर रहे पनि चिन्ताजनक : अस्पताल 



काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्य मोहन जोशीको स्वास्थ्य अवस्था स्थिर रहेको छ । २३ दिनदेखि ललितपुरस्थित किष्ट अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था स्थिर रहेको उक्त अस्पतालले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । 

छातीमा निमोनियाको संक्रमण र युरिन इनफेक्सन नियन्त्रणका लागि दिइएको एन्टिबायोटिक्सको कोर्स जारी रहेकाे अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

चिकित्सकको निगरानीमा राखी सघन उपचार कक्षमा उपचार भइरहेको जनाएको अस्पतालले जोशीको अवस्था स्थिर रहे पनि चिन्ताजनक रहेको बताएको छ । 

डेंगी संक्रमण भएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनलाई निमोनिया र छातीमा पनि समस्या देखिएको छ । 

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार १२:१६   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।