Logo

साहित्य

उदय अधिकारी र महेश पौड्यालबीचको संवाद सार्वजनिक



समालोचक उदय अधिकारीले लिएको साहित्यकार महेश पौड्यालको अन्तरवार्ता, ‘फेसिङ अ लिटल भोल्क्यानो’ सार्वजिक भएको छ ।

ललितपुको होटल हिमालयमा चलिरहेको ‘कलिङ्ग साहित्य महोत्सव’ को उद्घाटन समारोहमा साहित्यकारहरू डा. जगमान गुरुङ, अशोक बाजपेयी, तुलसी दिवस, माया ठकुरी र कनकमणि दिक्षीतले अङ्ग्रेजी भाषाको उक्त अन्तरवार्तालाई संयुक्त रूपमा सार्वजनिक गर्नुभएको हो ।

आइतबार सार्वजनिक भएको उक्त पुस्तकमा साहित्यसम्बन्धी २२ फरक फरक विषयमा समालोचक अधिकारी र स्रष्टा पौड्यालबीचको गहन संवाद समेटिएको छ ।

संवादले एउटा लेखकको निर्मिति, सिर्जनाको पक्ष, समकालीन नेपाली साहित्य र अन्तर्राष्ट्रियकरण, अनुवादका सजिला–अप्ठेरा, बालसाहित्यको वर्तमान अवस्थाजस्ता सार्वजनिक साहित्यिक चासोका विषय समेटेको छ भने स्रष्टा पौड्यालको जीवनमा सबैभन्दा बढी प्रभाव पारेका २५ देशी–विदेशी पुस्तकको विवेचना पनि समेटिएको छ ।

पुस्तकलाई बि.एन. पुस्तक संसारले बजारमा ल्याएको हो । समालोचक अधिकारीको यो दोस्रो संवाद–पु्स्तक हो ।

प्रकाशित मिति : आश्विन २९, २०७९ शनिबार  ६ : ३२ बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।