काठमाडौं । नेपालमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको २ हजार २८७ नमूना परीक्षणमा ४६ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयल अनुसार यो अवधिमा १७ जना संक्रमणमुक्त हुँदा २३ हजार ९७२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । देशभर कोरोनाका ७११ सक्रिय संक्रमित रहँदा पछिल्लो २४ घण्टामा कोरोनाकै कारण कसैको पनि मृत्यु भएको छैन ।




















प्रतिक्रिया