Logo

कर्पोरेट फोकस

आयल निगममा जागिर खुल्यो, ६० जनालाई अवसर



काठमाण्डौ । नेपाल आयल निगम लिमिटेडले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ ।

निगमले आज एक सूचना प्रकाशित गर्दै तहविहीनदेखि आठौँ तहसम्मका विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । निगमले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागेको छ ।

बाउजर अप्रेटरदेखि निर्देशकसम्मका पदहरुमा ६० जनाका लागि दरखास्त खुलाइएको छ ।

इच्छुक उम्मेदवारले अनलाइनमार्फत यो सूचना प्रकाशित भएको २१ दिनभित्र दरखास्त पेस गर्न सक्नेछन् । दोब्बर दस्तुर तिरी म्याद सकिएको ७ दिनभित्र आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : कार्तिक ५, २०७९ शनिबार  ४ : १४ बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।