काठमाडौं । नेपालमा पहिलो पटक कोभिड-१९ ओमिक्रोनको सवभेरियन्ट ‘एक्सबीबी’ भेटिएको छ । देशका विभिन्न भागहरुबाट गत साउन २१ देखि असोज १४ सम्म संकलित नमूनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी केही नमूनाहरुको जिनोमिक पहिचान गर्दा एक्सबीबी पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सो भेरियन्ट हाल विभिन्न देशहरुमा फैलिरहेको छ भने कोभिड-१९ को संक्रमण बढेको देखिएको छ । दिपावली तथा छठ जस्ता चाडपर्वको समयमा जमघट बढी हुने भएकोले कोभिड-१९ तीव्र गतिमा फैलिने सम्भावना उच्च रहेकोले संक्रमण रोक्न सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न र गराउन मन्त्रालयले अनुरोध गरेको छ ।




















प्रतिक्रिया