काठमाडौं । चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब १४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसैअवधिमा बैंकले ९२ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी ६६.४९ प्रतिशतले बढेर २ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन नाफा २३.४७ प्रतिशतले बढेर १ अर्ब ६२ करोड रुपियाँ पुगेको छ ।
बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ १९ पैसाले बढेर २४ रुपियाँ ९२ पैसा पुगेको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी २२ रुपियाँ ७३ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १९२ रुपैयाँ ३२ पैसा रहेको बैंकद्वारा आज प्रकाशित वित्तीय विवरणमा उल्लेख छ ।




















प्रतिक्रिया