Logo

साहित्य

मेरा यी नयनमा तिमिलाई…



मेरा यी नयनमा तिमिलाई खोजिरहछु
यो मुटुमा बास गर्यौ कि भन्ने सोचिरहन्छु

दिनुपर्ला फुलको माला उपहार तिमिलाई
यो मनको कुरा जानेर मुखले बोल्नेलाई

केहि कुरा त सुनाएर जाउ जाने बेला
जानकारि देउ कता हिड्यौ भन्ने कुरा

किन होला तिम्रो सम्झना आईरहन्छ
यो मुटुमा बास गर्यौ कि भन्ने सोच आईरहन्छ

तिमिलाई खुसि बनाउनका यहाँ आएको छु
किन मनमा तिमिलाई राखेर बसेको छु

खोजिरहन्छु कता छौ कता भनेर
गयौ त्यहा यो दिल खुसि बनाएर

ठेगाना : दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार १७:४४   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।