Logo

अर्थ

इस्टर्न हाइड्रोपावरको आईपीओ बाँडफाँट, १२ लाख बढीकाे हात खाली



काठमाडाैं । इस्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओ आज बिहीबार बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बिहान ९ बजे बाँडफाँट गरिएको हो ।

मागभन्दा बढी आवेदन परेका कारण कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ । जसमा भाग्यमानी ६२ हजार ५१९ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । यो आईपीओमा सदर आवेदकमध्ये १२ लाख ९३ हजार ७०५ आवेदकको हात खाली भएको छ।

कम्पनीले गत असोज २८ गतेदेखि कात्तिक २ गतेसम्म सर्वसाधारणका लागि १०० अंकित दरका कुल ६ लाख ७० हजार ३१० कित्ता आईपीओ बिक्री खुला गरेको थियो। कुल कित्तामध्ये ५ प्रतिशतले हुने आउने ३३ हजार ५१५ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो। बाँकी ६ लाख २५ हजार १९० कित्तामा सर्वसाधारणले खरिद आवेदन दिएका छन्।

यो आईपीओमा १३ लाख ५८ हजार २२० आवेदकबाट कुल १ करोड ४८ लाख ७४ हजार ४० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो। जसमा १३ लाख ५६ हजार २२४ आवेदकबाट परेको १ करोड ४८ लाख ४७ हजार ५५० कित्ता सदर भएको छ। बाँकी १ हजार ९९६ आवेदकबाट परेको २६ हजार ४९० कित्ता सेयर बदर भएको छ।

यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। आईपीओको अन्तिम नतिजा आईपीओ निष्कासनकर्ता कम्पनी र धितोपत्र बिक्री प्रबन्धकको वेबसाइट तथा सीडीएससीको https://iporesult.cdsc.com.np/ मा हेर्न सकिनेछ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार ११:४७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।