काठमाडौं । अरुण काबेली पावर लिमिटेडले लाभांश तथा साधारण सभा प्रयोजनका लागि भोलि अर्थात कार्तिक १८ गते शेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) गर्ने भएको छ । तसर्थ, आज (बिहीबार) कारोबार गरि कायम रहेका शेयरधनीहरुले साधारण सभामा भाग लिन पाउनुका साथै लाभांशका लागि योग्य हुनेछन् ।
कम्पनीले आफ्नो १२औं साधारण सभा कार्तिक ३० गते बिहान ११ बजे अल्फा बीटा कम्प्लेक्स, नयाँ बानेश्वर, काठमाडौंमा डाकेको छ ।
साधारण सभामा अरुण काबेलीले आर्थिक बर्ष २०७८÷७९ को लागि हाल कायम चुक्ता पूँजी रु १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० को १० प्रतिशत बोनस शेयर साथै कर सहित ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ । प्रस्थाव गरिएको लाभांश साधारण सभाबाट अनुमोदन भएपछि वितरण गरिनेछ ।




















प्रतिक्रिया